बेल्जियम, ९ अक्टोबर । नेकपा–माओवादीका उपाध्यक्ष सिपी गजुरेलले संविधान संशोधन गर्ने कुनै पनि बैधानिक आधार नभएको हुँदा अब राजनीतिक दलहरुको सहभागितामा गोलमेच सम्मेलन गर्नु पर्ने बताएका छन् ।
उनले नयाँ सहमति खोज्नुनै उत्तम विकल्प रहेको बताए । आइतबार बेल्जियमस्थित नेपाली जनप्रगतिशील मञ्चको १० औं महाधिवेशनको उद्घाटन समारोहमा उनले अहिलेको राजनीतिक निकास भनेकै गोलमेल सम्मेलन रहेको बताए ।
‘अन्तरिम संविधानमा संविधान सभाको पुनःस्थापना गर्ने, नयाँ निर्वाचन गराउने कुनै प्रावधान छैन,’ उनले भने ।
‘राज्य पुनःसंरचनामा संविधान सभामा विषयगत समितिले विभिन्न आधारलाई समेटेर प्रस्ताव गरेको १४ वटा राज्यनै हाम्रो बटमलाईन हो,’ गजुरेलले भने ।
प्रचण्ड र बाबुराम भट्टराई पनि यसको पक्षमा छन् कि भन्ने भ्रममा नपर्न आग्रह गर्दै उनले संविधान सभाको विघटन भारतको निर्र्देशनमा भएको उनको आरोप थियो ।
संयोजक प्रेम पाठकको सभापतित्वमा भएको कार्यक्रममा बेल्जियमका अधिकांश नेपालीको उपस्थिति थियो । अधिवेशनले पाठकको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
यसैबीच, एमाओवादी पक्षीय जनप्रगतीशील मञ्च बेल्जीयमको अधिवेशन १४ अक्टोबरमा हुँदैछ । अधिवेशनमा भाग लिन स्वयं प्रचण्ड आउने कार्यक्रम छ ।
प्रतिक्रिया