दुई माओवादी टिम ‘ए’ र ‘बी’- कार्की

काठमाडौं, २० असोज । एकीकृत माओवादी बिदेश बिभाग प्रमुख राम कार्कीले नेकपा–माओवादीले कुनैं बैकल्पीक राजनीतिक नारा नपाए पछि भारतको विरोधमा उत्रिएको आरोप लगाएका छन् ।
काठमाडौंमा आज आयोजित कार्यक्रममा उनले भने, ‘नेकपा–माओवादीले राजनीतिक नारा नभेटाए पछि भारत बिरोधी नारा लगाएको छ ।’ उनले भारतको बिरोध गर्दैमा राष्ट्रियता बलियो नहुने बताए ।
उनले एकीकृत माओवादी र नेकपा–माओवादीमा कुनै फरक नरहेको बताए । उनले भने, ‘ड्यास माओवादी र एमाओवादी भनेको एउटै क्लबको ‘ए’ र ‘बी’ टिम जस्ता हुन् ।’
राष्ट्रिय सहमतिको आधारमा नयाँ सरकार चाँडै निर्माण हुने बताएका उनले सहमति बने प्रधानमन्त्री बाबुराम भट्टराईले दुई सातामै पद त्याग गर्ने बताए । उनले यथास्थितिमा तत्काल भट्टराई पद त्याग गर्ने पक्षमा नरहेको बताए ।

प्रतिक्रिया