‘नेताहरूको अकर्मण्यताले मुलुक अँध्यारोमा’


विराटनगर, २०  असोज । एमालेका नेता तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको अकर्मण्यताका कारण मुलुक अँध्यारो सुरुङमा पुगेको बताएका छन् । शान्तिप्रक्रियाका काम सकिनै लाग्दा शीर्ष नेताहरूले समयमा उचित निर्णय लिन नसक्दा मुलुक संविधानविहीन भएको उनको भनाइ छ ।
वर्तमान सरकारविरुद्ध एमालेले गरेको देशव्यापी विरोध कार्यक्रमअन्तर्गत विराटनगरमा भएको सभालाई सम्बोधन गर्दै नेम्वाङले अहिले पनि शीर्ष नेताहरूको अकर्मण्यताका कारण मुलुकले निकास पाउन नसेकेको आरोप लगाए । संविधानसभाको विघटनपछि पहिलोपटक विराटनगरमा पार्टीको सार्वजनिक सभामा उनले संविधानसभामा आफूले तटस्थ भएर भूमिका निर्वाह गरेको दाबी गरे । ‘पार्टीले मलाई तटस्थ भूमिका निर्वाह गर्न भन्दै संविधानसभाको अध्यक्ष र सभामुखको जिम्मेवारीमा पठाएको थियो,’ उनले भने, ‘मैले त्यहीअनुसार मुलुकलाई निकास दिन धेरै कोसिस गरँे तर संविधानसभाको बैठकसमेत बस्न सकेन ।’
एमाओवादी, कांग्रेस र एमाले छाडेकाहरूलाई लक्ष्य गर्दै उनले संक्रमणकालमा दलहरूबाट चोइटिने, बाहिरिने भन्दा पनि एकजुट भएर लाग्नुपर्ने बताए । एमालेले बुटवलमा भएको आठाँै महाधिवेशनबाटै आºना सबै पार्टी संरचना समावेशी बनाउन थालेको दाबी गर्दै उनले पार्टी परित्याग गरेका नेताहरूलाई पार्टीको विधि प्रक्रिया र विधानअनुसार आºना मुद्दा स्थापित गर्न आग्रह गरे । ‘आठाँै महाधिवेशनको निर्णयअनुसार पार्टीले अन्य निकायमा प्रतिनिधित्व गर्दासमेत समावेशी रूपमा प्रतिनिधित्व गराउने गरेको छ, त्यसैले एमाले समावेशी छ,’ उनले भने, ‘पार्टी छाडेका साथीहरूलाई पार्टीमै फर्केर विधानअनुसार आºना माग स्थापित गर्न आग्रह गर्छु ।’

प्रतिक्रिया