राष्ट्रपतिले केही गर्ने अवस्था छैनः केसी

नुवाकोट, १६ असोज । कांग्रेस केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले राष्ट्रपति डा.रामवरण यादवले केही गर्न सक्ने परिस्थिति अहिले सिर्जना नभएको बताएका छन् ।
उनले भने, ‘राष्ट्रपतिलाई दलहरु स्वयंले विवादमा तान्न खोजेका छन् ।’
नेपाल प्रेस युनियन नुवाकोट शाखाले आज विदुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले एकीकृत माओवादीले निष्पक्ष निर्वाचन गराउन नसक्ने दाबी गरे । ‘बर्तमान सरकारको नेतृत्वमा मुलुकमा नयाँ निर्वाचन सम्भव छैन,’ उनले भने ।
नेता केसीले एमाओवादी सडक र सरकार दुवैमा आफ्नो प्रभाव जमाएर सत्ताकव्जाको रणनीतिमा लागेको बताए ।
उनले एकीकृत माओवादीका नेताहरुले देश र जनतालाई पटक/पटक झुक्याईरहेको आरोप पनि लगाए । एमाओवादीले विगतका सहमति कार्यान्वयन गर्नुपर्ने नेता केसीको भनाई थियो ।
माओवादी लडाकु शिविर भित्र भएको अर्वै रकमको भ्रष्टाचार सम्बन्धमा सरकार, अख्तियार र विशेष समितिको मौनता रहस्यपूर्ण रहेको नेता केसीको टिप्पणी छ । उनले शिविर भित्रको भ्रष्टाचार छिटो छानविन गर्न माग गरे ।

प्रतिक्रिया