आन्दोलनप्रति कोइरालाको असन्तुष्टि

काठमाडौं, १३ असोज । कांग्रेस केन्द्रीय सदस्य सुजाता कोइरालाले पार्टीमा सल्लाहनै नगरेर नेतृत्वले आन्दोलनमा जाने तयारी गरेको भन्दै असन्तुष्टि जनाएकी छन् ।
काठमाडौंमा आज आयोजित कार्यक्रममा उनले सरकार विरुद्ध हुन लागेको विपक्षी दलहरुको आन्दोलनको कुनै आवश्यक्ता नरहेको बताईन । ‘सरकार सहमतिबाटै परिवर्तन गर्नु पर्छ,’ उनले भनिन्, ‘सरकार विरुद्ध हुने दलहरुको आन्दोलनमा जानताको समर्थन हुँदैन ।’
उनले विपक्षीहरुको आन्दोलनलाई नेपाली जनताले कुनै पनि साथ नदिने दावी गरिन् । संवैधानिक र राजनीतिक गाँठो फुुक्न नसकेको अवस्थामा प्रधानमन्त्री बाबुराम भट्टराईमा निरन्तरत सत्तामा रहन नसक्ने बताईन ।
राष्ट्रपतिले प्रजातान्त्रिक प्रक्रियाबाट कदम चाल्नु पर्ने बताएकी केन्द्रीय सदस्य कोइरालाले एकीकृत माओवादीलाई सहमतिमा आउन सुझाव दिईन ।
आन्दोलनको अन्तिम तयारीमा रहेका कांग्रेस सहितका दलहरुलाई केन्द्रीय सदस्य कोइरालाका अभिव्यक्तिले केही असहजता हुने छ ।

प्रतिक्रिया