१३ बर्षीया बालिका बलात्कृत

उदयपुर, १० असोज । उदयपुरको हडिया–२, ज्यामिरेकी १३ बर्षीया बालिका बलात्कृत भएकी छन् ।
जंगलमा बाख्रा चराउन गएको मौका छोपी मंगलबार स्थानीय परियार थरकी बालिकालाई छिमेकी १८ बर्षीय सन्तोष परियारले जबरजस्ती करणी गरेको इलाका प्रहरी कार्यालय वेल्टारले जनाएको छ ।
बलात्कृत बालिकाले मंगलबार राति नै आफ्ना अभिभावकलाई घटनाको जानकारी दिएकी थिईन । बलात्कृत बालिकाको स्वास्थ्यमा खरावी देखिए पछि उनलाई उपचारका लागि प्राथामिक स्वास्थ्य केन्द्र वेल्टार लगिएको प्रहरीले जनाएको छ ।
पीडित परिवारले बुधबार ईलाका प्रहरी कार्यालय वेल्टारमा सन्तोष विरुद्ध किटानी जाहेरी दिएका छन् । बलात्कार गर्ने सन्तोष भने फरार रहेका छन् ।

प्रतिक्रिया