दादुराको खोप लगाउँदा नाबालकको मृत्यु

बाजुरा, ९ असोज । बाजुरा जिल्लामा दादुराको खोप लगाउँदा एक नाबालकको ज्यान गएको छ ।
बुढीगंगा स्वास्थ्य चौकीमा सोमबार नियमित रुपमा बच्चाहरुलाई खोप लगाउने क्रममा नौं महिनाका बालक सुजन साउदको मृत्यु भएको हो ।
बुढीगंगा–१ बस्ने खम्ब साउदका छोरा सुजनलाई दादुराको खोप लगाएको १ घण्टाभित्र मृत्यु भएको प्रहरीले जनाएको छ ।
खोपकाकारण नाबालकको मृत्यु भएपछि प्रहरी टोली अनुसन्धानका लागि सो स्थान तर्फ गएको छ ।
यसैबीच, कन्चनपुर जिल्लामा नदीले बगाएर ल्याएको माछाको तरकारी खाँदा एक बालकको मृत्यु भएको छ भने दुई जना विरामी परेका छन् ।
मृत्यु हुनेमा परासन–८ बस्ने ६ वर्षीय धर्मेन्द्र सुनार रहेका छन् । उनका बाबु ३५ वर्षीया कमला सुनार र दाई ९ वर्षीय राजकुमार सुनार गम्भीर विरामी परेका छन् ।
बाढीले बगाई ल्याएको माछा खाँदा झाडापखाला लागेर उनीहरु गम्भीर विरामी भएका थिए ।
यता, दाङको लुहारपानी–७ मा शशीराम घर्तीको भिरबाट लडेर मृत्यु भएको छ । अन्दाजी ३५ वर्षीय घर्तीको आज विहान भालुक्षेडास्थित भीरवाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया