पेशा जोगाउँन गन्धर्बहरु चिन्तित

तेह्रथुम, ७ असोज । तेह्रथुमको सदरमुकाम म्याङलुङका चौक/चौकमा सारङ्गीको मीठो धुनबजाउँदै भोजपुर जरायोटारका पाँच जना गन्धर्बहरुले परम्परागत आफूहरुको पेशा जोगाउन सक्रियताका साथ लागेका छन् ।
सारङगीको तालमा भाका मिलाएर गाउँदै गरेका गन्धर्बहरुले आर्थिकका साथै आफूहरुको परम्परागत पेशा संरक्षणको अभियानमा लागेको बताए । उनीहरुले राज्यका तर्फबाट आफूहरुको पेशा संरक्षणमा कुनै सहयोग नगरेकोमा गुनासो पनि गरे ।
परम्परागत रुपमा गन्धर्ब जातीले बजाउँदै आएको सारङगी बाजा अहिले लोप हुने अवस्थामा पुगेको छ । यसको संरक्षण अति आवश्यक रहेको उनीहरुको भनाई छ ।
पेशाका साथै सारङगीको संरक्षणका लागि सामूहिक रुपमा सारङगी बजाएकाएको उनीहरुले बताए । ‘हाम्रो पेशा नै लोपहुने अवस्थामा पुगे पछि सारङगी बजाएर हिडेका हौं,’ ५१ वर्षीय हीरालाल गन्र्धबले बताए ।
अहिले बिद्युतीय बाध्यबादनले बजार लिई रहेका बेला ३ जना भाई र भान्जी सहित पहाडी जिल्लाहरुमा साराङगी बजाउँदै हिडेका हिरालालले परम्परा संरक्षणमा सहयोगको अपील गरे ।
‘आफ्नो परम्परा जोगाउनु पर्ने हो तर हाम्रा समूदायका धेरै युवा बैदेशिक रोजगारीका लागि बिदेशिने गरेका छन्,’ उनले भने, ‘सरकारी पक्षबाटै गन्धर्बहरुको पेशा जोगाउन पहल गर्नु पर्छ ।’
हलिउड पछि सम्मानका साथ नाम लिईने मुम्बईको बलिउडमा समेत नेपाली सारङ्गीले प्रवेश पाई सकेको छ ।
सारङ्गीको मधुर संगीतका कारण विश्वका संगीत पारखीले यसको महत्व समेत बुझिसकेका छन् । सारङ्गीको संरक्षण गरेर महत्वलाई झन् बचाउनु पर्ने जानकारहरुको भनाई पनि छ ।

प्रतिक्रिया