दुई–दुई चोटि लज्जित

मुम्बई : बलिउड अभिनेत्रीहरू वार्डरोब मोलफक्सनको सिकार हुनु नौलो कुरा होइन । बसिरहेका ठाउँमा देखिन नहुने अंग देखिएको होसै राख्दैनन् उनीहरू । हिजोआज त झनै प्राय: फिल्मी समारोह वा सुटिङका दौरान अभिनेत्रीहरूका यस्ता बेहोसी किस्सा दोहोरिइरहेका पाइन्छन् । यस्तो समस्यापीडित अभिनेत्रीको सूची लामै बनिसकेको छ । नायिका सेलिना जेट्ली त झन् दुई–दुईचोटि आफ्ना गोप्य अंग देखाएर लज्जित बनिसकेकी छन् ।
पहिलोचोटि उनी एक समारोहमा ‘डिप क्लिवेज’ देखिने कपडा पहिरिएर पुगिन् । सो क्रममा मानिसहरूले उनको आकर्षक पहिरन त देखे नै, देख्न नहुने कुरा पनि देखे । जब उनले यो थाहा पाइन्, लाजले भुतुक्कै भइन् । दोस्रोचोटि उनी एक फिल्मको गीत सुटिङमा थिइन् । छोटो स्कर्टमा हट देखिएकी उनले सेक्सी मुभहरू
निकाल्नु थियो । त्यसबेला पनि नजिकै रहनेहरूले उनको स्कर्टबाट जे देखे, यसले पनि उनलाई दोस्रोचोटि लाजले भुतुक्कै हुन बाध्य बनाइदियो । (एजेन्सी)

प्रतिक्रिया