निकास अब प्याकेजमै खोज्ने सहमति

काठमाडौं, ५ असोज । प्रमुख दलका शीर्ष नेताले मुलुकको राजनीतिक गतिरोध अन्त्यका लागि प्याकेजमा निकास खोज्न सहमत भएका छन् ।
काठमाडौंमा आज बसेको एमाओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाका शीर्ष नेताहरुको बैठकले प्याकेजमा सहमति खोज्ने निर्णय गरेको कांग्रेस उपसभाति रामचन्द्र पौडेलले जानकारी दिए । उनले भने, ‘सहमतीय सरकार, नयाँ निर्वाचन, संविधान संशोधनलगायतमा प्याकेजमा सहमति खोज्छौं ।’
बैठकले प्याकेजमा सहमति खोज्ने जिम्मेवारी पनि शीर्ष नेताहरुलाई दिएको छ । सहमतिको प्रस्ताव शीर्ष नेताहरुले नै बनाउने छन् ।
संविधानसभा पुनःस्थापना गर्न अफल भएका प्रमुख दलहरुले नयाँ निर्वाचन सहमति खोज्न पछिल्लो समयमा बाक्लै परामर्श गर्दै आएका छन् । उनीहरुले नयाँ निर्वाचनका लागि पनि दलहरुका बीच सहमति आवश्यक रहेको जनाउँदै आएका छन् ।

प्रतिक्रिया