बहिर्गमितको आन्दोलन फिर्ता

काठमाडौं : बहिर्गमित लडाकुले विरोधका कार्यक्रम फिर्ता लिएका छन् । शान्ति तथा पुनर्निर्माण मन्त्रालयमा सरकारसँग भएको वार्तामा चारबुँदे सहमति भएपछि उनीहरूले बिहीबार विरोधका सम्पूर्ण कार्यक्रम फिर्ता लिएका हुन् । उनीहरूले ६ र ७ असोजमा नेपाल बन्द गर्नेसम्मका विरोधका कार्यक्रम राखेका  थिए ।
वार्तामा सरकारका तर्फबाट शान्तिमन्त्री टोपबहादुर रायमाझी र बहिर्गमित जनमुक्ति सेना नेपालका तर्फबाट संयोजक लेनिन विष्टले नेतृत्वको टोली सहभागी भएको थियो । बहिर्गमित लडाकुको मागबमोजिम प्याकेज उपलब्ध गराउन विगतमा भएका सहमतिसमेत कार्यान्वयनमा ठोस पहल गर्ने, बहिर्गमित जनमुक्ति सेना नेपालका बन्दी र थुनुवाको विवरण शान्ति मन्त्रालयमा बुझाउनेलगायत सहमति भएको संयोजक विष्टले बताए । (सौस)

प्रतिक्रिया