चिनीका लागि पाँच करोड

काठमाडौं : सरकारले चिनी आपूर्ति सहज गर्न भन्दै नेसनल ट्रेडिङ लिमिटेडलाई पाँच करोड अनुदान दिने भएको छ ।
बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले चिनीको आपूर्तिलाई सहज बनाउन नेसनल ट्रेडिङलाई पाँच करोड ऋण अनुदान दिने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले जानकारी दिए । ‘चाडपर्व नजिकिँदै गएको र बजारमा चिनी आपूर्तिमा समस्या देखिएकाले अर्थ मन्त्रालयमार्फत आर्थिक सहयोग गर्ने निर्णय भएको हो,’ मन्त्री यादवले भने । बैठकले पत्रपत्रिका राजधानीबाहिर वा बाहिरबाट राजधानी पठाउँदा लाग्ने महसुल हटाउने निर्णय पनि गरेको छ । खानेपानी महसुल निर्धारण आयोगको अध्यक्षमा हरिप्रसाद न्यौपानेलाई नियुक्त गरिएको पनि मन्त्री यादवले बताए । (सौस)

प्रतिक्रिया