गण्डकी–धौलागिरिका सरकारी कार्यालय खुले

पोखरा : पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि दबाब दिन थालिएको आन्दोलनका कारण चार दिनदेखि बन्द रहेका गण्डकी र धौलागिरि अञ्चलका सरकारी कार्यालय पाँचाँै दिन बिहीबारबाट सञ्चालनमा आएका छन् ।
विमानस्थल निर्माण सरोकार समितिको बुधबार बसेको बैठकले दबाबका लागि सरकारी कार्यालयमा धर्ना दिने कार्यक्रम स्थगन गरेर आन्दोलनको स्वरूप परिवर्तन गरेपछि सरकारी कार्यालय खुलेका हुन् । कार्यालय खुलेपछि सेवाग्राहीको कार्यालयमा भिड लागेको थियो ।
समितिको दबाब परिवर्तित दबाब आन्दोलनअन्तर्गत बिहीबार बिहान ९ बजेदेखि ११ बजेसम्म दुई घन्टा पोखरा विमानस्थल अगाडि पोखरेलीले प्रदर्शन गरेर धर्ना दिए भने भदौ २८ गतेदेखिको रिलेअनशन जारी राखेका छन् । अब हरेक दिन बिहान ९ देखि ११ बजेसम्म चालु अवस्थामा रहेको विमानस्थलमा धर्ना दिने कार्यक्रमलाई जारी राखिने सरोकार समितिका मिडिया संयोजक विप्लब पौडेलले जानकारी दिए । (सौस)

प्रतिक्रिया