भिरबाट खसेर बालकको मृत्यु

सिन्धुपाल्चोक, ४ असोज । सिन्धुपाल्चोकमा विद्यालय गएका एक बालकको आज भिरवाट खसेर मृत्यु भएको छ ।
विद्यालयको ‘हाफ–टाईम’मा खाजा खान घर गएका स्याउले–९ का चार वर्षीय निराजन कार्कीको फर्कदैं गर्दा भिरवाट खसेर मृत्यु भएको हो ।
कार्की स्थानीय रक्तकाली निम्न माध्यमिक विद्यालयमा चार कक्षामा अध्ययनरत थिए ।

प्रतिक्रिया