संविधानसभा पुनःस्थापनाको एजेण्डा तुहियो

काठमाडौं, ३ असोज । मुलुकको राजनीतिक गतिरोध अन्त्यका बारेमा छलफल गर्न बसेको प्रमुख दलका शीर्ष नेताहरुको बैठकमा आ–आफ्नै अडान दोहरिए पछि बिनाकुनै निष्कर्ष सक्किएको छ ।
नयाँ बानेश्वरस्थित माओवादी लडाकुको रेखदेख समायोजन र पुनःस्थापना सम्बन्धी विशेष समितिको कार्यालयमा बसेको बैठकमा दलहरुले पुरानै अडान राखे पछि संविधानसभा व्यूताउने विषय तुहिएको हो । सहमतीय सरकार बनाउनु पर्ने विपक्षीहरुको अडान र संविधानका विवादित विषय अन्तर्गतको संघीयताको एजेण्डा एक आपसमा बाझिए पछि सहमति हुन नसको हो ।
विवादित विषय, संविधानसभा पुनःस्थापना, नयाँ निर्वाचन र सहमतीय सरकार निर्माणलगायतमा शीर्ष बैठकमा सामान्य छलफल भएका थिए ।
बैठक पछि बाहिरिएका एमाले नेता झलनाथ खनालले संविधानसभा पुनःस्थापना हुन नसक्ने बताए । उनले भने,‘संविधानसभा पुनःस्थापनको विषय अब हुँदैन ।’
उनले अब निर्वाचनको विकल्प नरहेको बताएका छन् । नयाँ निर्वाचनका लागि सहमतीय सरकार आवस्यक रहेको खनालको भनाई छ ।
बैठकमा एमाओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाका शीर्ष नेताहरुको सहभागिता रहेको छ ।

प्रतिक्रिया