नेपाल दोस्रोमै चित्त बुझाउन बाध्य

काठमाडौं, ३१ भदौ । दोस्रो महिला साफ च्याम्पियनसिप फुटबलमा नेपाल भारतसँग ३–१ ले पराजित भएको छ ।
श्रीलंकाको कोलम्बोमा आज भएको फाइनलमा नेपाल भारतसँग पराजित भएको हो । खेलको सुरुवातमै नेपालले भारतलाई एक गोल प्रहार गरे थियो । यस अघि खेल अवधि भर नेपालले पराजय भोग्नु परेको थिएन ।
यद्यपी भारतले त्यस लगत्तै एक गोल प्रहार गरेर खेल बराबरीमा पुराएको थियो । हाफ समय पछि भारतले पुनः दुई गोल प्रहार गरेर उपाधि आफ्नो पक्षमा बनाएको हो । एजेन्सी

प्रतिक्रिया