पुनःस्थापना बालहठः अध्यक्ष यादव

काठमाडौं, ३१ भदौ । मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले ठूला दलका नेताहरुले संविधानसभा पुनःस्थापनाको माग गरेर बालहठ गरेको टिप्पणी गरेका छन्
भक्तपुरमा आज आयोजित कार्यक्रममा उनले भने, ‘ठूला तीन दलले संविधानसभा पुनःस्थापना गर्नु पर्छ भन्नु बालहठ मात्रै हो ।’ संविधानसभा पुनःस्थापना गर्न नहुने बताए उनले भने, ‘अब मुलुकमा संसदीय निर्वाचन हुनु पर्छ ।’
अध्यक्ष यादवले संविधानसभाको नयाँ निर्वाचन आवश्यक नरहेको टिप्पणी गरे । उनले भने, ‘नयाँ संविधान निर्माण प्रक्रिया ९० प्रतिशत सकिएकाले बाँकी १० प्रतिशतका लागि संविधानसभाको चुनाव आवश्यक छैन ।’
उनले राष्ट्रपतिलाई कडा कदम चाल्न सुझाव दिए । मुलुकमा ठूलो समस्या आउनु भन्दा पहिला निकास दिने दायित्व राष्ट्रपतिको रहेको उनको भनाई थियो । देशलाई अध्यादेशबाट चलाउन खोजेर सरकारले लोकतन्त्रको उपहास गरेको यादवको आरोप छ ।

प्रतिक्रिया