‘माओवादीकै कारण समस्या’

चितवन, ३० भदौ । नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनालले एकीकृत माओवादीले देशलाई संकटमा धकेलेको बताएका छन् । राजनीतिक निकासका लागि एमाओवादीले लचकता नअपनाएकै कारण देश थप संकटमा पर्दै गएको उनको तर्क थियो ।
एमाले चितवनको आठौँ जिल्ला अधिवेशन शुक्रबार भरतपुरमा उद्घाटन गर्दै अध्यक्ष खनालले एमाओवादीले मेरो गोरुको बाह्रै टक्का गरेका कारण बीचैमा संविधानसभा तुहिएको आरोप लगाए ।
‘हामीले अन्तिम अवस्थासम्म मिलेका कुरा राखेर संविधान घोषणा गराँै भनेका थियौँ तर नमिलेको संघीयतालाई पछि घोषणा गरौँ भनेकामा एमाओवादीले मानेन,’ उनले भने, ‘बरु, हामीसँग कांग्रेस, जनजाति र मधेसीको समर्थनले दुइतिहाइ बहुमत ल्याउँछौँ भनेरै बदलाको भावले चुनाव घोषणा गरे ।’

प्रतिक्रिया