गाँजासहित एक पक्राउ

धरान, २९ भदौ । सुनसरीको भान्टाबारीबाट प्रहरीले २५ केजी लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।
भान्टाबारीबाट भारततर्फ गाँजा निकासी गर्न लागेको अवस्थामा प्रहरीले विहारको सुपौल मोतीपुर दुधाधारीका २४ वर्षीय भोला मुखियालाई पक्राउ गरेको हो । उनले स्याउको कार्टुनमा चिनियाँ स्याउका बीचमा मेसिनले च्यापेर राखिएको १५ केजी र चारैतिर मकै भएको बीचमा बोरामा रहेको १० केजी गाँजा प्याक गरेको अवस्थामा बरामद गरिएको प्रहरीले जनाएको छ । सीमा प्रहरी चौकी भान्टाबारीका सइ सूर्यनारायण माझीका अनुसार सिरहाको लहानबाट बसमा ल्याएर भान्टाबारीमा ओर्लने क्रममा उनलाई पक्राउ गरिएको हो ।

प्रतिक्रिया