महानिरीक्षक बनाउन गच्छेदारको दौडधुप

काठमाडौं, २४ भदौं । नेपाल प्रहरीको महानिरीक्षक नियुक्तिका विषयलाई लिएर एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल र गृह मन्त्री समेत रहेका फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छेदारले भेट गरेका छन् ।
लाजिम्पाटस्थित निवासमा आज भएको भेटबार्तामा गच्छेदारले महानिरीक्षक नियुक्तिमा आफूलाई सहयोग नगरे वर्तमान गठबन्धनबाट बाहिरिने चेतावनी दिएको स्रोतले जनाएको छ ।
‘गृहमन्त्री विजय गच्छेदार जीले मुख्य सचिव नियुक्तिमा मैले तपाईलाई सघाए,’ दाहालसँगको भेटमा गच्छेदारले भनेका भनाई उदृत गर्दै स्रोतले भन्यो, ‘तपाईहरुले मलाई महानिरीक्षक नियुक्तिमा सहयोग गर्नुस ।’
गच्छेदारले सरकार छाड्ने धम्कियुक्त चेतावनी दिए पछि दाहालले आफूले केही गर्न नसक्ने भन्दै प्रधानमन्त्री बाबुराम भट्टराईसँग सल्लाह गर्न सुझाव दिएका छन् ।
एमाओवादीले वरिष्ठतमका आधारमा कुवेर सिंह रानालाई महानिरीक्षक बनाउन दबाव दिएको छ भने गृहमन्त्री गच्छेदार तेस्रो वरीयतका भीष्म प्रसाईलाई महानिरीक्षक बनाउन लागि रहेका छन् ।

प्रतिक्रिया