भाईरल ज्वरोका कारण दुईको मृत्यु

हेटौंडा, २३ भदौ । मकवानपुर जिल्लाको उत्तरी भेगमा पर्ने दुई गासिवसमा भाईरल ज्वरोको प्रकोपका कारण अधिकांस स्थानीय विरामी परेका छन् ।
आग्रा र गोगने गाविसमा भाईरलको प्रकोप उच्च रहेपछि दुई बालबालिकाको मृत्यु भएको स्थानीयले जनाएका छन् । भाईरल ज्वरोको प्रकोपका कारण आग्रा–७ का दस बर्षीय मिलन सुवेदी र गोगने–३, कटहरेकी सात बर्षीय संगीता वाईवाको ज्यान गएको छ । सुवेदी स्थानीय कालागणेश र वाईवा श्री प्राबिमा कक्षा एकमा अध्यनरत थिए ।
उनीहरुको पालुङस्थित स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि काठमाडौं लैजादै गर्दा बाटैमा ज्यान गएको उपस्वास्थ्य चौकी आग्राकी अनमी निशा लामा जानकारी दिईन् । दुवै गाविसमा भईरल ज्वरोको उच्च जोखिम समेत बढेको छ ।

प्रतिक्रिया