राजधानीमा खानेपानीको नयाँ पाइप

काठमाडौं, २३ भदौ । मेलम्चीको पानी ल्याउनुअघि नै राजधानीमा बिछ्याइएका खानेपानीका पुराना पाइप हटाई नयाँ जडान गरिने भएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)अन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालयले उपभोक्ताका घर–घरमा नयाँ
पाइप नि:शुल्क रूपमा जडान गर्न थालेको छ ।
पुराना हटाई खिया नलाग्ने तथा स्टिलका डिआई र युपिभिसी पाइप जडान गरिने केयुकेएल बोर्ड सदस्य तथा महानगरपालिकाका अख्तियार प्रशासन प्रमुख महेश काºले बताउँछन् । बोर्ड सदस्य काºलेका अनुसार निर्देशनालयले ‘डेमो प्रोजेक्ट’का रूपमा कालोपुल, शंखमूल, बुद्धनगर र ललितपुरको कुसुन्तीमा नयाँ पाइप जडान गरिसकेको छ । एसियाली विकास बैंक (एडिबी)को सहयोगमा पाइप जडानको काम थालिएको केयुकेएलका प्रवक्ता सुरेश
आचार्यले बताए ।
सरकार र एडिबीसँगको सम्झौताभन्दा नौ वर्ष ढिलो गरी सन् २००९ मा मात्र मेलम्ची खानेपानी आयोजनाको काम सुरु भएको थियो । तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले सुरुङ निर्माणको शिलान्यास गरेका थिए । अहिलेसम्म मेलम्चीको सुरुङ ८ किलोमिटरजति मात्र खनिएको काºलेले बताए  । मेलम्चीको पानी सन् २०१६ सम्ममा राजधानीमा ल्याइसक्ने आयोजनाको लक्ष्य छ । त्यसअघि नै राजधानीका पुराना पाइप हटाई नयाँ जडान गरिसकिने केयुकेएलले जनाएको छ ।

प्रतिक्रिया