सहमति भएपछि राजीनामा : मन्त्री यादव

विराटनगर : संविधान निर्माणका अन्तरवस्तुमा सहमति नभएसम्म वर्तमान सरकार नढल्ने सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले बताएका छन् ।
विराटनगरमा बिहीबार पत्रकार सम्मेलनमा बोल्दै मन्त्री यादवले संविधान निर्माणका अन्तरवस्तुमा सहमति भए कांग्रेसको नेतृत्वमा सरकार बने पनि आफूहरूलाई स्वीकार्य हुने बताए । उनले पहिचानसहितको संघीयताको विषयमा सहमति भए आफूहरू एक मिनेट पनि सरकारमा नबस्ने बताए । सरकारको बहिगर्मनपछिको विकल्प दिन नसक्दासम्म कांग्रेस र एमालेले जबर्जस्ती राजीनामा माग्नुको तुक नभएको जिकिर गर्दै विपक्षी दलहरूले राजीनामा मागेकै भरमा सत्ता नछाडिने उनले बताए ।
मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्षसमेत रहेका मन्त्री यादवले कांग्रेस र एमालेकै कारण मुलुकले निकास पाउन नसकेको आरोप लगाए । (सौस)

प्रतिक्रिया