शोभाको तीज योजना

काठमाडौं, १८ भदौ । गायिका शोभा त्रिपाठीलाई यति बेला भ्याइनभ्याई छ । महिलाको विशेष चाड तीज नजिकिँदै जाँदा उनको व्यस्तता बढेको हो । ‘दैनिक दुई–तीन ठाउँमा तीजको कार्यक्रम पर्छ, कहाँ जानु, कहाँ नजानु,’ उनले अप्ठेरो सुनाइन् । यसबाहेक उनले नियमित गर्दै आएको मिडियाको काम त छँदै छ । तीजसम्बन्धी कार्यक्रममा सहभागिता जनाइरहेकी मात्र होइन, तीजका गीतको नयाँ एल्बम पनि बजारमा ल्याएकी छन् उनले, हालै । शिरैमा शिरफूल (भाग–४) जसलाई नाम दिएकी छन् । यो उनको चौथो एल्बम हो । यसअघि सिरैमा शिरफूल, यो तीजमा ढल्केर नाचिन्छ , तिम्रै लागि हो जस्ता एल्बम ल्याइसकेकी छन् ।
पछिल्लो एल्बममा उनलाई टीका पुनले पनि गायनमा साथ दिएकी छन् । जसमा हेर मायाले र निर्धक्क लाउ माया बोलका दुई भाका समेटिएका छन् । गीति एल्बमहरूको बिक्रीमा गिरावट आइरहेको गुनासो बढिरहँदा यसरी ल्याइने मौसमे एल्बमले भने बजार तताउने गरेका छन् । के यस्ता एल्बमले व्यवसाय पनि राम्रै गर्लान् त ? ‘नत्र किन लगातार वर्षैपिच्छे यस्ता एल्बम निकाल्थेँ त,’ उनले भनिन्, ‘तीजेगीतको एल्बम मात्र होइन, म्युजिक भिडियो पनि राम्रै बिक्छ ।’ आपैँmले निकालेको गीत स्टेज कार्यक्रममा गाउँदा प्रचार हुने र बिक्री पनि बढ्ने भएकाले आफूले यो समयमा एल्बम निकाल्ने गरेको उनले सुनाइन् ।
तीज विशेष गरी महिला सहभागिताको पर्व भएकाले महिलाले नै एल्बम निकाल्नु स्वाभाविक हो । तर, यसपालि भने कति पुरुषले पनि तीज–गीतका एल्बम लिएर आएका देखिन्छन् । यसले विकृति वा अस्वस्थ प्रतिस्पर्धा बढाउने सम्भावना कत्तिको रहला ? ‘यो चाड महिला–पुरुष दुवैको हो,’ उनले भनिन्, ‘एल्बम बिक्रीको कुरा एउटा हो तर चाडमा सबैले सहभागिता जनाउनुलाई सकारात्मक नै मान्नुपर्छ ।’
त्यसो त व्रतबारे पनि खुला सोच छ यी गायिकाको । आममहिलाले जस्तो कामना गर्दिनन् रे उनी व्रतमा । ‘अहिले विवाह गर्ने सोचाइ नै छैन त किन असल पति पाउँm भनेर व्रत बस्ने ? म आत्मसन्तुष्टिका लागि व्रत बस्छु ।’
व्रत बस्नुको त्यस्तो कुनै विशेष उद्देश्य नबनाएकी उनले यसपालिको तीज मज्जाले नाचेर मनाउने योजना भने बनाएकी छन् । त्यसो भए के उनी जीवनका कुनै पनि तीज असल पतिको चाहना वा उनको सुस्वास्थ्यको कामना गरेर नमनाउलिन् त ? ‘त्यसो पनि होइन, पहिले जीवनका केही लक्ष्य पूरा गरौँ अनि त्यसतर्फ सोचौँला,’ उनले सुनाइन् ।
यी सुन्दरी गायिकालाई मन पराउने भने थुप्रै रहेछन्, उनी आफैँ भन्छिन् । म्युजिक भिडियो हेरेर मनपराउनेदेखि स्टेज कार्यक्रममा आई लभ यू लेखेको कागजले हिर्काउनेसम्मका युवक उनले भेटेकी रहिछन् । नाम उल्लेख नगरिएको लभ लेटर त महिनामै पचासौँ आउँछन् रे † ‘यसलाई मैले आफ्नो कलाप्रतिको प्रेम ठानेकी छु,’ उनी मुस्कुराइन् । कि गायिका कोमल ओलीले जस्तै विवाह नगरी बस्ने योजना बनाएकी हुन् ? प्रश्न खस्न नपाउँदै उनले भनिहालिन्– ‘होइन–होइन, बिहे त गर्ने हो, पहिले केही उद्देश्य पूरा गर्न बाँकी छ ।’ विवाह नभए पनि मोडर्न जमानाकी केटी, सेक्स अनुभव त होला नि ? जिज्ञासाले थप लजाइन् उनी । अनि, छोटो जवाफ दिइन्– ‘यसबारेचाहिँ केही नबोलौँ ।’

प्रतिक्रिया