छुट्टी मनाउँदै जोली

हलिउड अभिनेत्री एन्जेलिना जोली र ब्राड पिट दुवै अविवाहित हुन् । तर, छोराछोरीसहितको उनीहरूको सुखी परिवार छ । जोली र पिटको सुखी परिवारले अहिले छुट्टी मनाइरहेकाले उनीहरू अहिले चर्चाको विषय बनेका छन् ।
अहिले उनीहरू फ्रान्समा सपरिवार छुट्टी मनाइरहेका छन् । उनीहरूले छुट्टी मनाइरहेको फ्रान्सको एउटा सानो सहरमा पिटले फिल्म छायांकनसमेत गर्नुपर्ने भएकाले उनका लागि फ्रान्स बसाइ ‘पशुपतिनाथको जात्रा सिद्राको व्यापार’ भएको छ ।
जोली र पिटको जोडी अहिले सपिङ गर्नैमा मस्त छ । आफ्ना बच्चाबच्चीका लागि उनीहरूले निक्कै लुगा खरिद गरेको समाचारमा उल्लेख छ । (एजेन्सी)

प्रतिक्रिया