अर्काकी पत्नी मार्ने दास पक्राउ

रौतहट, १५ भदौं । प्रहरी जवानकी पत्नीको हत्या गरेको आरोपमा प्रहरीले रौतहट जिल्लामा एक जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ ।
केही दिन अघि गाउँबाट घरायसी समानहरु खरीद गर्न सदरमुकाम गौर आएकी उषा देवीलाई टेम्पो चालक भगवान दासले हत्या गरेर औरैया–६ स्थित सिसमको बगैंचामा फालेका थिए । सोही हत्याको अभियोगमा दासलाई प्रहरीले पक्राउ गरेर आज गौरमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
गौर–७ निवासी दासले उषा देवीलाई बलात्कार पछि हत्या गरेको प्रहरी भनाई छ । मृतक उषा देवी सिन्धुली प्रहरीमा कार्यरत हवल्दार हरिहर साहकी पत्नी हुन् ।
बलात्कार गर्ने क्रममा महिला रुन कराउन थाले पछि टेम्पो चालक दासले बाटैमा मुख थुनेर साडीले घाटी बेरेर हत्या गरेको स्वीकारेका छन् ।

प्रतिक्रिया