खोजखबर

दुई चेपाङ विद्यार्थी भर्ना

सौर्य अनलाइन २०६९ भदौ १५ गते २:१६ मा प्रकाशित

चितवन, १४ भदौ । पहाडी गाविस सिद्धिका बन्दिपुरे चेपाङका नातिनातिनाले विद्यालयमा भर्ना हुने अवसर पाएका छन् ।
उनीहरूलाई विन्देश्वरी निमावि पिठुवामा भर्ना गरिएको छ । साथै उनीहरूलाई विद्यालयको चेपाङ छात्रावासमा राखिएको छात्रावासका अध्यक्ष केपी किरण शर्माले बताए ।
बन्दिपुरे चेपाङका जेठा छोराकी जेठी छोरी १२ वर्षीया चन्द्रिमाया र कान्छा छोराको जेठो छोरा १५ वर्षीय विरानलाई विद्यालयमा भर्ना गरिएको हो । विद्यालयका प्रधानाध्यापक भीमप्रसाद खनालले दुवै विद्यार्थीलाई टीका लगाएर भर्ना गरेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर लामाको अध्यक्षतामा भएको चेपाङ विद्यार्थी भर्ना कार्यक्रममा पाँच वर्षदेखि ओढारमा बस्दै आएका सिद्धिका बन्दिपुरे चेपाङ प्रमुख अतिथि बनाइएका थिए ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय