निर्मलको सोच

काठमाडौं : नेपाली चलचित्र क्षेत्रमा मार्सल आर्ट खेलाडीको प्रवेश बाक्लिँदै छ । यसै क्रममा चलचित्र बर्षातबाट निर्मल सेन्चुरी नायकका रूपमा डेब्यु गर्दै छन् ।
०६१ मा गायक दीपक लिम्बूको सम्झनामै बोलको गीतको म्युजिक भिडियोबाट अभिनयमा प्रवेश गरेका सेन्चुरीले त्यसपछि पनि दर्जनौँ म्युजिक भिडियोको अनुभव सँगाले । ०६१ मै मिस्टर पोखराको उपाधिसमेत जित्न सफल उनले नाइट क्विन, आई लभ यु टु लगायतका चलचित्रमा पनि अभिनय गरिसके । आई लभ यु टु त उनी आपैँmले निर्माण पनि गरेका हुन् । हाल पोखरेलीले निर्माण गर्न लागेको डामाडोलमा पनि नायकका रूपमा अनुबन्धित भएको उनले बताए । आवश्यक विधाको औपचारिक प्रशिक्षणपछि मात्र अभिनयमा हात हालेको बताउँछन् उनी । भन्छन्, ‘अभिनय मेरो सोख हो, चलचित्र निर्माणचाहिँ पेसा ।’
अरूले बनाएका चलचित्रमा अभिनय गर्ने अवसर पाइरहे पनि वर्षमा एउटा चलचित्रचाहिँ निर्माण गरेरै छाड्ने सोचाइ छ उनको । भन्छन्, ‘चलिरहेका भन्दा फरक ट्रेन्डका चलचित्र बनाउनेछु ।’
बाग्लुङ लालीगुराँस चोकका सेन्चुरीले निर्माण आई लभ यु टु
आगामी मंसिर २९ बाट देशभर प्रदर्शन हुँदै छ । त्यसैको तयारी स्वरूप दौडधुपमा लाग्ुनपरेकाले अफर आएका केही चलचित्र छाड्नुपरेको
उनले सुनाए । ‘निर्माण गर्नभन्दा पनि प्रदर्शन गर्न झनै गाह्रो हुँदो रहेछ,’ उनले भने । (सौस)

प्रतिक्रिया