आइटममा लोभिइन् सिंह

मुम्बई : बलिउड अभिनेत्री चित्रांगदा सिंह अब आइट गीततर्फ लोभिएकी छन् । चलचित्र जोकरको एक गीतमा आइटम डान्स गरेकी सिंहले त्यसबापत निकै चर्चा कमाइन् । त्यो चर्चाले उनलाई आइटम डान्सको लोभ जगाएको छ । भन्न थालेकी छन्, ‘अझै पनि आइटम गीत गर्न तयार छु ।’
पहिले आइटम गीततिर उति ध्यान नदिए पनि अब भने आफू सजग रहेको उनले एजेन्सीलाई बताइन् । ‘पहिले यस्तो नृत्य गर्न सक्दिनँ जस्तो लागेकाले ध्यान दिएकी थिइनँ, तर जोकरको आइटम गीतले मलाई निकै प्रभावित पारेको छ,’ उनले भनिन् । शिरीष कुन्दरको निर्देशन रहेको चलचित्र जोकर भोलि शुक्रबारबाट प्रदर्शनमा आउँदै छ । चलचित्रमा अक्षय कुमार, सोनाक्षी सिन्हा, मिनीषा लाम्बा, श्रेयस तलपडेलगायत कलाकार मुख्य भूमिकामा छन् । (एजेन्सी)

प्रतिक्रिया