पहिरोले पुरिएर दुई जना घाइते

रसुवा, १३ भदौ । रसुवा जिल्लाको डाँडागाउँ–७, चिप्लेटीमा आज बिहान परेको अबिरल वर्षाका कारण पहिरो जाँदा दुई जना पुरिएर घाईते भएका छन् ।
पहिरोले पुरिएर दुई वटा घरमा समेत क्षति पुगेको छ । त्रिशुली–३ मा रहेको हाइड्रोपावर बनाउन राखेको चाइनिज वेश क्याम्पमा आज विहान सवा १० बजे पहिरो आएको थियो ।
पहिरोले घर परिदा सिन्धुपाल्चोक जिल्लाका ३६ बर्षीय सोमबहादुर तामाङ्ग र चाइनिज नागरिक ३२ बर्षीय चाइहाइविन गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
उनीहरुको त्रिशुली अस्पतालमा उपचार भईरहेको छ । उक्त स्थानमा पहिरो आउने क्रम जारी रहेकाले अन्य मानिसहरुलाई सुरक्षित स्थानमा राखिएको छ ।

प्रतिक्रिया