शीर्ष नेताले व्यक्तिगत स्वार्थलाई ध्यान दिए

काठमाडौं, १२ भदौ । कांगे्रस महामन्त्री कृष्णप्रसाद सिटौलाले राजनीतिक दलका शीर्ष नेतृत्वले राष्ट्रको स्वार्थलाई भन्दा व्यक्तिगत स्वार्थलाई प्राथमिकता दिएको आरोप लगाएका छन् ।
राजधानीमा आज आयोजित कार्यक्रममा उनले शीर्ष नेताहरुको व्यक्तिगत ईच्छाका कारण मुलुकमा सहमति बन्न नसकेको बताए । ‘मुलुकको राजनीति अहिले पहिरो गएर थुनिएको खोलाजस्तो भएको छ,’ उनले भने, ‘त्यसलाई प्रवाह दिन राजनीतिक इच्छाशक्ति आवश्यक छ ।’
महामन्त्री सिटौलाले संविधानसभाको निर्वाचन तोकेर एमाओवादी सत्ता लम्ब्याउने खेलमा लागेको आरोप लगाए ।
विद्यार्थी विभाग प्रमुख नवीन्द्रराज जोशीले मुलुकको निकासका लागि राजनीतिकमा ईच्छाशक्ति नरहेको आरोप लगाए ।

प्रतिक्रिया