अध्यादेश सहमतिमै आउँछः एमाओवादी

काठमाडौं, ९ भदौं । एकीकृत माओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाले मुलुकमा पछिल्लो पटक देखिएका समस्या समाधानका लागि पहल भईरहेको बताएका छन् ।
पार्टी कार्यालय कोटेश्वरमा आज आयोजित पत्रकार सम्मेलनमा उनले राष्ट्रपति र सरकारबीचको विवादको अन्त्य दलहरुबीचको सहमतिबाटै हुने बताए । उनले सहमतिका लागि पहल भईरहेको बताए । ‘एमाओवादी सहमति कायम गर्न लागि रहेको छ,’ उनले भने ।
अध्यादेश जारी गर्न पनि राजनीतिक सहमति गरिने उनको भनाई थियो । उनले भने, ‘सहमतिबाट अध्यादेश ल्याउने तयारी भएको छ ।’

प्रतिक्रिया