क्षेत्राधिकारलाई लिएरद्वन्द्वः बैद्य

काठमाडौं, ९ भदौ । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले राष्ट्रपति र प्रधानमन्त्रीवीच क्षेत्रधिकारलाई लिएर भएको द्वन्द्वले मुलुक समस्या तर्फ धकेलिएको बताएका छन् ।
राजधानीमा आज आयोजित कार्यक्रममा उनले भने, ‘राष्ट्रपतिले के गर्ने र सरकारले के गर्ने भन्ने अन्तरद्वन्द्वले मुलुकलाई अन्यौलतातर्फ धकेलेको छ । उनले मुलुक अहिले राजनीतिक र संवैधानिक शून्यतातर्फ प्रवेश गरेको पनि बताए ।
यथास्थितिमा संविधानसभा पुनःस्थापना वा चुनाव दुवैले संकटको समाधान निकाल्न असंम्भव भएको बताउँदै उनले सर्वपक्षीय गोलमेच सभाबाट निकास निस्कने दाबी गरे ।
उनले विदेशी शक्तिहरुले नेपथ्यबाट संसदको चुनाव गर्न दबाव दिईरहेको बताए । विदेशीको दबावबाट हुने निर्वाचनमा आफूहले भाग नलिने बैद्यले बताए ।

प्रतिक्रिया