प्रतिभालाई थुनामा राख्न ६ दिनको म्याद

काठमाडौं, ८ भदौ । ठगी आरोपमा पक्राउ परेकी राष्ट्रिय अनुसन्धन विभागका पूर्व प्रमुख अशोकदेव भट्टकी पत्नी प्रतिभासेन भट्टलाई ६ दिन थुनामा राख्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ ।
बिहीबार आफ्नै निवास नयाँ बानेश्वरको शान्तिनगरबाट पक्राउ परेकी ४० वर्षीया प्रतिभालाई महानगरीय प्रहरी परिषर हनुमान ढोकाले थुनामा राख्नका लागि अनुमति लिन आज आदालतमा उपस्थिति गराएको थियो । उनलाई सो अवधीमा प्रहरीले सोधपुछ तथा ठगी घटनाका बारेमा अनुसन्धान गर्ने छ ।
नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धन विभाग र नेपाली सेनामा आकर्षक पदमा जागिर लगाई दिने भनेर रकम असुलेको उजुरीका आधारमा प्रहरीले प्रतिभालाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाएको हो ।
उनले सर्वसाधारण युवाहरुसँग ४६ लाख ३५ हजार रुपियाँ ठगी गरेको आरोप छ । उनले आरोपको खण्डन गर्दै आएकी छन् । प्रतिभा नेपाल प्रहरीको निरीक्षक पदबाट अवकास प्राप्त महिला पनि हुन् ।

प्रतिक्रिया