विशेष समितिको म्याद तीन महिना थप

काठमाडौं, ७ भदौ । सरकारले माओवादी सेनाका लडाकुको रेखदेख, समायोजन र पुनःस्थापना सम्बन्धी विशेष समितिको म्याद तीन महिना थप गरेको छ ।
मन्त्रिपरिषद्को आज बसेको बैठकले समितिको म्याद तीन महिना थप गर्ने निर्णय गरेको शिक्षामन्त्री दीनानाथ शर्माले जानकारी दिए । समितिको म्याद साउन मसान्तमा सकिएको थियो ।
मन्त्रिपरिषद बैठकले संयुक्त राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि ज्ञानचन्द्र आचार्यले पदबाट दिएको राजीनामा स्वीकृत गरेको छ ।
त्यसै गरी सरकारले सहरी विकास मन्त्रालयका राजपत्रांकित द्वितिय श्रेणीका अधिकृत हरिप्रसाद रिजाललाई इन्जिनियरिङ सेवा समिति समूह स्यानिटरी उपसमूहमा राजपत्राकिंत प्रथम श्रेणीमा बढुवा पनि गरेको छ ।
बैठकमा विभिन्न अध्यादेशहरुमा निर्णय हुने भनिएपनि आज कुनै ठोस निर्णय हुन सकेन । शर्माका अनुसार अध्यादेशहरुका बारेमा बैठकमा छलफल भएन ।

प्रतिक्रिया