मानिसले टोक्दा गोमन सर्पको मृत्यु

विराटनगर : मोरङको वरडंगा–३ का ५५ वर्षीय मोहमद सल्मो मियाँले टोक्दा गोमन सर्पको मृत्यु भएको छ ।
सर्पको डसाइबाट मानिसको मृत्यु भएको सुनिए पनि मानिसको टोकाइबाट सर्पको मृत्यु भएको यो पहिलो घटना हो । आफूलाई सेतो गोमनले डसेको झोकमा मियाँले सर्पलाई नै दाँतले टोकेर मारेका हुन् ।
मंगलबार साँझ साढे ७ बजे खेतमा पानी लगाउने क्रममा उनलाई सर्पले टोकेको र उनले पनि त्यही सर्पलाई नियन्त्रणमा लिएर टोकेर मारेका हुन् । गोमन सर्पले मियाँको दायाँ खुट्टामा डसेको थियो । मियाँको टोकाइबाट सर्प मरेपछि हेर्नेको भिड लागेको थियो । स्वास्थ्य चौकी वरडंगाका अहेव ज्ञानुु दाहालले मियाँलाई सेतो गोमन सर्पले टोकेको बताए । उनले भने, ‘मियाँलाई सर्पले डसेको र सर्पलाई मियाँले टोकेको घटना सत्य हो ।’ (सौस)

प्रतिक्रिया