खड्काको समर्थनमा राप्ती अञ्चल बन्द

दाङ, ५ भदौ । कांग्रेसका केन्द्रीय सदस्य तथा तथा पूर्व मन्त्री खुमवहादुर खड्कालाई पूर्वाग्रही रुपमा भ्रष्टाचार ठहर गरिएको भन्दै विरोधमा नेविसंघ, नेपाल तरुण दल तथा कांग्रेसका भातृसंगठनहरुले आज राप्ती अञ्चल बन्द आह्वान गरेका छन् ।
वन्दका कारण विहानैदेखि दाङ, प्युठान, रोल्पा, रुकुम लगायतका जिल्लामा प्रभाव परेको छ । बन्दका प्रभाव खड्काको गृह जिल्ला दाङमा परेको छ ।
बन्दले राप्ती अञ्चलको जनजीवननै प्रभावित बनाएको छ । बन्दले गर्दा दाङ भएर चल्ने यातायातका साधनहरु चल्न सकेका छैनन् ।
वजार शिक्षण संस्था समेत वन्द भएका छन् । वन्द सफल वनाउन कांग्रेस समर्थकहरु सडकमा उत्रिएका छन् ।
खड्का विरुद्ध पूर्वाग्रही ढंगवाट भ्रष्टाचारीको फैसला गरिएको भन्दै कांग्रेस दाङ र भातृसंगठनहरुले तत्काल मुद्दा पुनरावलोकनको माग गरेका छन् ।
बन्दकर्ताहरुले घोराहीमा केही मोटरसाइकलमा समेत तोडफोड गरेको प्रहरीले जनाएको छ । तोडफोडमा संलग्न रहेको अभियोगमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ ।
यसैवीच, प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकारको बहिरगमनको माग गर्दै तरुण दलले प्यूठान प्यूठान बन्दको आह्वान गरेको छ । बन्दले विहानैदेखि जिल्ला बाहिरिने यातायातका साधन चल्नसकेका छैनन् ।
तरुण दलका कार्यकर्ताले बजार क्षेत्र, शैक्षिक संस्था बन्द गराएका हुन् ।

प्रतिक्रिया