निर्वाचन नहुँने भएपछि अध्यादेश जारी गरिन

काठमाडौं, ३ भदौ । राष्ट्रपति डा.रामवरण यादवले संविधानसभा निर्वाचन हुन नसक्ने स्पष्ट भईसके पछि मात्रै आफूले सरकारका दुई अध्यादेश जारी नगरेको बताएका छन् ।
काठमाडौंको सुन्दरीजलमा आज आयोजित कार्यक्रममा डा.यादवले प्रधानमन्त्री वा एमाओवादीका कारण अध्यादेशी अस्वीकृत नगरिएको स्पष्ट पारे । उनले भने, ‘निर्वाचन नै नहुँने भएपछि अध्यादेश जारी गर्नुको अर्थ छैन ।’
उनले नयाँ चुनाव राष्ट्रिय सहमति पछि मात्रै संभव रहेको बताए । ठूला चार दलको टक्कले गर्दा मुलुकमा राजनीतिक संकट आएको राष्ट्रपति डा.यादवको भनाई थियो ।
राष्ट्रपति डा.यादवले दुई वटा निर्वाचन सम्बन्धी अध्यादेश जारी गर्न नमाने पछि सरकार र एमाओवादीले असन्तुष्टि जनाएका थिए ।

प्रतिक्रिया