मन्दिरको चन्दाका विषयमा हत्या

नवलपरासी, २ भदौ । नवलपरासीमा मन्दिरको चन्दाको विषयमा झगडा हुँदा एक जनाको कुटपिटबाट हत्या भएको छ ।
कुडिया–४ स्थित मर्चहवा मन्दिरको चन्दाको विषयलाई लिएर सोही ठाउँ बस्ने ६२ वर्षीय शर्मा मगत हरिजनलाई स्थानीयले कुटपिट गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मगतलाई मिथुन हरिजनसमेत ५ जनाले शुक्रबार राति कुटपिट गरेर गम्भीर घाइते बनाएका थिए । घाईते मगतको उपचारका लागि भरतपुर मेडिकल कलेज लैजाने क्रममा वाटैमा मृत्यु भएको थियो ।
मगतको हत्यामा संलग्न गया हरिजन र राजाराम हरिजनलाई प्रहरीले पक्राउ गरेको छ । बाँक अभियुक्तहरु फरार रहेका छन् । उनीहरुको खोजी कार्य जारी राखेको प्रहरी भनाई छ ।

प्रतिक्रिया