ताप्लेजुङ, ३२ साउन । पाँचथरको अमरपुरमा सडेगलेको अबस्थामा एक पुरुषको सव फेला परेको छ ।
अमरपुर–६, हेम्व्यागाँउको ओखरबोटे जंगलमा नचिनिने अबस्थामा रहेको पुरुषको शव फेला परेको इलाका प्रहरी कार्यालय अमरपुरका इन्चार्ज भरत कटुवालले जानकारी दिए ।
दौरा सरुवाल, स्टकोट र ज्याकेट लगाएका पुरुषको शवबाट टाउको छुट्टिएको छ ।
शव धेरै दिनदेखिको भएकाले टाउको छुट्टिएको हुनसक्ने प्रहरी भनाई छ ।
प्रतिक्रिया