जवरजस्ती चन्दा उठाउने दुई पक्राउ

काठमाडौं, ३१ साउन । काठमाडौंमा ‘वीर सेना’को नामबाट सवारी साधनमा जवरजस्ती चन्दा उठाउने दुई जना युवालाई प्रहरीले पक्राउ गरेको छ ।
मंगलबार कालिमाटी चोक नजिकै सवारी साधनहरुसँग जवरजस्ती चन्दा उठाउदै गरेको अवस्थामा स्थानीय दुई युवालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा ३० बर्षीय कविदेव सिंह ठकुरी र २२ बर्षीय बुद्धि देउजा रहेका छन् ।
उनीहरुले ‘वीर सेना’ लेखिएको रसिद थमाएर जवर्जस्ती सवारी साधनहरुबाट रकम असुलेको थाहा पाए पछि प्रहरीले पक्राउ गरेको जनाएको छ । चन्दा आतंक मच्चाउने सो संगठनका बारेमा अनुसन्धन भईरहेको प्रहरी भनाई छ ।
उनीहरुको साथबाट प्रहरीले नगदी रसिद र केही नगद समेत बरामद गरेको छ ।

प्रतिक्रिया