एमाओवादीका नेताहरु विरुद्ध ६५ उजुरी

काठमाडौं, २९ साउन । एकीकृत माओवादीका केन्द्रीय सदस्यहरुको सम्पत्ति एवम् आर्थिक स्थितिको छानविन गर्न बनेको उच्चस्तरीय छानबिन आयोगमा ६५ उजुरी परेका छन् । ।
आयोगका संयोजक अमिक शेरचनले आज विज्ञप्ति जारी गरेर दोस्रो पटक थप गरिएको समय भित्र ६५ वटा उजुरी परेको जनाए । उनले भनेका छन्, ‘आयोगलाई लिखित, मौखिक र ईमेल समेतका माध्यमवाट जम्मा ६५ वटा उजुरीहरु प्राप्त भएका छन् ।’
छानबिन गर्न सजिलो होस भनेर उजुरी प्राप्त गर्न साउना ११ गतेदेखि आह्वान गरेर साउन २८ गतेसम्मको समय दिईएको थियो । आयोगले दुई पटक समय थपेर उजुरी दिन आग्रह गरेको थियो ।
प्राप्त उजुरीहरुको प्रकृति छनौट गरि उपयुक्त कार्यविधिद्धारा सत्य–तथ्य कुराको छानबीन गरिने शेरचनले जनाएका छन् ।
एमाओवादीका अध्यक्ष सहित केन्द्रीय नेताहरुको रहनसहन तथा वसाईलाई लिएर बिभिन्न खालका टिकाटिप्पणी भएपछि सम्पत्ति छानविनका लागि आयोग गठन भएको थियो ।

प्रतिक्रिया