रौँको सट्टा नङ उम्रिएपछि…

टेनेसी : अमेरिकी राज्य टेनेसीनिवासी एक २८ वर्षीया महिला विचित्र रोगले ग्रस्त भएकी छन् । शाहनियाना इसोम नाम गरेकी यी महिलाको शरीरमा रौँ नभएर हात–खुट्टाका औँलामा हुने नङ उम्रिन थालेका छन् । धेरै चिकित्सकलाई देखाइसकेको भए पनि हालसम्म कुनै पनि डाक्टर यस अनौठो रोगका कारण पत्ता लगाउन सफल हुन सकेको छैन । शाहनियानाले अहिलेसम्म आफूलाई लागेको यो रोगको उपचारका लागि करोडौँ रुपियाँ खर्च गरिसकेकी छन् । उनको परिवारले अहिले पनि एक लाख ६० हजार पाउन्ड रकमको बिल भुक्तानी गर्नै बाँकी छ । (एजेन्सी)

प्रतिक्रिया