खड्कालाई नफसाउन चेतावनी

काठमाडौं, २७ साउन । भ्रष्टाचारको मुद्दा खेपिरहेका पूर्व मन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य खुमबहादुर खड्कालाई फसाउने षड्यन्त्र सुरु भएको उनका समर्थकले दाबी गरेका छन् ।
खड्का निकट नेता तथा कार्यकर्ताले आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर उनलाई षड्यन्त्र पूर्वक फसाईए त्यस विरुद्ध प्रतिकारमा उत्रने चेतावनी दिए ।
नेपाल तरुण दलका अध्यक्ष उदय शम्सेर राणाले तत्कालीन अवस्थामा राजनीतिक प्रतिशोधका कारण राजा ज्ञानेन्द्र शाह र शाही आयोगले जवरजस्ती खड्का माथि झुठा मुद्दा लगाएको दाबी गरे ।
उनले एमाओवादी सरकारले आफ्ना कार्यकर्ता र अन्य जनताका लागि कानूनको अलग/अलग प्राक्टीस गरेको आरोप लगाए । उनले अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाईएका एमाओवादीका पूर्व सभासद बालकृष्ण ढुङगेल खुलेआम हिड्दा पनि केही नगरिएको उदाहरण प्रस्तुत गरे ।
कांग्रेस नेता खड्का विरुद्धको भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतले साउन– ३० गते अन्तिम फैसला सुनाउँदै छ । उनीमाथि २ करोड ३६ लाख ८७ हजार भ्रष्टचारको आरोप छ ।

प्रतिक्रिया