काठमाडौं, २६ साउन । राजधानी लगायत विभिन्न स्थानमा हड्तालको अबज्ञा गरेको भन्दै सवारी साधान तोडफोड गर्ने केहीलाई प्रहरीले पक्राउ गरेको छ ।
चितवन र काठमाडौंमा भाडाका सवारी साधनमा तोडफोड भएको थियो । काठमाडौंमा ढुंगा प्रहार गरेर बा.१ ज ३३०० नम्वरको ट्याक्सी तोडफोड भएको छ ।
तोडफोडमा संलग्न रामेछाप जिल्ला दोरम्बा–८ बस्ने २७ बर्षीय प्रेमबहादुर थापामगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुले आज विहान साढे पाँच बजे महाराजगंज भ्याली स्कूल अगाडी ट्याक्सीलाई ढुंगा प्रहार गरी सिसा तोडफोड गरेको प्रहरीले जनाएको छ ।
ट्याक्सीमा तोडफोड गर्ने गंगबु म्हैपी बस्ने धादिङ दार्खा–१ घर भएका ४२ बर्षीय बिजय थापामगरलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनले आज विहान साढे आठ बजे शीतल निवास अगाडी जम्ममान रिजालले चलाएको बा.१ ज ३९६० नम्वरको ट्याक्सीमा ढुंगा प्रहार गरी क्षती पुराएका थिए । ट्याक्सीको अगाडी र पछाडी को सिसा फुटेको छ ।
उता, चितवनमा ट्रकको अगाडीको सिसा तोडफोड गर्ने कठार–३ का जितबहादुर तामाङसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मादक पदार्थ सेवन गरेका उनीहरुले आज विहान २ बजे बीरेन्द्रनगर–३ खुरखुरे चोकमा रोकी राखेको ना.३ ख ६५०२ नम्वरको ट्रकको सिसा तोडफोड गरेका थिए ।
प्रतिक्रिया