काठमाडौं, २५ साउन । अछाम जिल्लाको पुत्लेखोला–९ मा मिते रावलकी पत्नी धनसरी रावलले आफ्ना नाबालक दुई छोरा र छोरीको हत्या गरेकी छन् ।
साउन–२१ गते २ वर्षीय छोरा र ६ महिनाकी छोरी लिएर घरबाट हिँडेकी उनले दुबैको जंगलमा हत्या गरेर फालेको प्रहरीले जनाएको छ ।
बुधबार अपरान्ह दुवै बालबालिकाको शव जंगलमा फेला परेको थियो । छोरा र छोरीको हत्या अभियोगमा धनसरीलाई प्रहरीले पक्राउ गरेको छ ।
उता, काठमाडौंमा १३ वर्षीया बालिकाको भारतीय नागरिकले बलात्कार गरेका छन् । काठमाडौं महानगरपालिका–१६ स्थित व्याट्री कारखाना नजिकै रहेको मीनबहादुर खड्काको एसी मर्मत सेन्टरमा ताहिर हुसेन नाम गरेका भारतीयले तामाङ थरकी बालिकालाई जबरजस्ती करणी गरेका हुन् ।
बालिकालाई करणी गरेको अभियोगमा प्रहरीले भारत विहार मोतिहारी स्थायी घर भएका हुसेनलाई पक्राउ गरेर आवश्यक कारबाही अघि बढाएको जनाएको छ ।
प्रतिक्रिया