मोटरसाईकल चढेर कैदी फरार

कैलाली, २३ साउन । जिल्ला कारागार कैलालीबाट उपचारका क्रममा एक जना कैदी फरार भएका छन् ।
कर्तव्य ज्यान मुद्दामा सजाय भोगीरहेका कैदी कैलाली गोदावरी–५ घर भएका ३५ बर्षीय देवसिंह ठकुरी भन्ने दीपकबहादुर सिंह सोमबार फरार भएका हुन् । उपचारका लागि अस्पतालतर्फ लैजाने क्रममा सिंहले सुरक्षाकर्मीलाई झुक्काएर फरार भएको प्रहरीले जनाएको छ ।
आँखाका विरामी सिंहलाई उपचार गर्न धनगढी नगरपालिका–२ स्थित पनेरु चश्मा सेन्टरमा लगिएको थियो । सोही स्थानबाट सिंह से १ प ७०९२ नम्वरको मोटरसाइकलमा चढेर भागेका थिए ।
प्रहरीले सो मोटरसाइकल आज विहान साढे ५ बजे गोदावरी–३ स्थित मैयासलामी सामुदायिक बनमा फेला परेको जनाएको छ ।

प्रतिक्रिया