प्रहरी माथि ढुंगामुढा प्रहार

गोरखा, २२ साउन । गोरखा जिल्लाको खोपलाङमा प्रहरी माथि आक्रमण हुँदा एक प्रहरी हवलदार घाईते भएका छन् ।
विहीबार राति खोपलाङ–९ बस्ने ३१ वर्षीय रेशमबाबु श्रेष्ठको मृत्यु भएको विषयमा स्थानीयले आइतबार प्रहरी माथि आक्रमण गरेका थिए ।
ढुंगामुढा प्रहारबाट डिउटीमा खटिएका प्रहरी हवल्दार कर्णबहादुर गुरुङ्ग घाईते भएका छन् । उनको मुखमा चोट लागेको छ । गम्भीर घाईते गुरुङलाई उपचारका लागि काठमाडौं लगिएको छ ।
आक्रमण गरेको अभियोगमा प्रहरीले टोकमान श्रेष्ठ समेत ५ जनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा रेशमकी पत्नी ३१ सरस्वती श्रेष्ठ पनि रहेकी छन् ।
स्थानीयले रेशमको हत्या पत्नी सरस्वतीले गरेको भन्दै उनलाई कारबाहीको माग गरेका थिए । रेशमले आफ्नै घरको बलोमा चुन्नीको पासो लगाई विहीबार आत्म हत्या गरेका थिए ।
स्थानीयबासीहरुले जिल्ला प्रहरी कार्यालयमा भेला भएर पत्नी सरस्वतीलाई कारवाही गर्नुपर्ने माग राखेर आक्रमणमा उत्रिएपछि प्रहरीले सामान्य बल प्रयोग गरेको जनाएको छ ।

प्रतिक्रिया