एक्काइस तालिबानी मारिए

काबुल : अफगानिस्तानमा गत २४ घन्टाभित्र नेटोसहितको संयुक्त सेनाले गरेको कारबाहीमा २१ तालिबानी आतंककारीको मृत्यु भएको छ । अफगान राष्ट्रिय प्रहरी, सैनिक र नेटोसित आबद्ध सैनिकले कापिसा, कान्दाहार, हेरात र फराह प्रान्तमा गरेको कारबाहीका क्रममा २१ सशस्त्र तालिबानी आतंक–कारीको मृत्यु भएको गृह मन्त्रालयले आइतबार प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ । उक्त कारबाहीमा अन्य दुईजना घाइते भएको पनि समाचारमा उल्लेख छ ।
ती क्षेत्रमा तालिबानीको बलियो प्रभाव रहेको भन्दै विगतदेखि नै सुरक्षा फौजले खोजी कारबाही जारी राखेको छ । साथै, विज्ञप्तिमा यस कारबाहीमा विभिन्न हातहतियार कब्जा गरिएको पनि उल्लेख छ । यस आक्रमणबाट सुरक्षा बलतर्फ कुनै हताहतीको समाचारमा भने प्राप्त भएको छैन ।
अफगानिस्तानमा अफगान सेना र नेटोसित आबद्ध करिब एक लाख ३० हजार सैनिकले तालिबानी लडाकुविरुद्ध विभिन्न स्थानमा कारबाही जारी राखेका छन् । स्मरणीय छ, अफगानिस्तानबाट नेटो सैनिक फिर्ता हुने समय नजिकिँदै गर्दा तालिबानविरुद्धको कारबाहीलाई थप तीव्र पारिएको पनि समाचारमा जनाइएको छ ।
अफगानिस्तानमा नेटोसहितको संयुक्त सेनाले तालिबानविरुद्ध गत एक महिनाभित्र गरेको कारबाहीमा चार सय ८० भन्दा बढी तालिबानी आतंककारी मारिनुका साथै ५६ घाइते भएको र तीन सय ८० भन्दा बढी पक्राउ परेको अफगानिस्तानको गृह मन्त्रालयले जनाएको छ । अफगानिस्तानमा तालिबानीविरुद्धको कारबाहीलाई नेटो सेनाले
पछिल्ला दिनमा आएर कडा पार्दै लगेको छ । (एजेन्सी)

प्रतिक्रिया