वैज्ञानिक सम्झेर माकुराको नाम

सिड्नी : अस्ट्रेलियामा हालै पत्ता लागेको करिब एक मिलिमिटर लामो माकुराको नाम बेलायती वैज्ञानिक तथा प्रसारक डेबिड एटेनबरोको सम्झनामा राखिएको छ । सानो तथा आठखुट्टे यो किरा अस्ट्रेलियाको टोरेस स्ट्रेटमा रहेको हर्न आइल्यान्डमा मात्र पाइन्छ । पश्चिमी अस्ट्रेलियाली संग्रहालयका प्रमुख एलेक कोल्सले यसको नाम प्रेथोपालपस एटेनबोरोघी राखिएको जानकारी दिए । प्रेथोपालपसलाई सामान्यतया ख्याक माकुरा भनिन्छ । यसको अर्थ अब यस माकुराको नाम एटेनबरोको ख्याक रहन पुगेको कोल्सले बताएको एबिसीले उल्लेख गरेको छ । पर्थमा आयोजित एक कार्यक्रममा यो माकुराको चित्रका साथमा एटेनबरोलाई सम्मान गरियो । कोल्सले ८६ वर्षीय एटेनबरोको प्रकृतिप्रति प्रेम तथा यससम्बन्धी विज्ञानलाई सबैको पहुँचमा पुर्‍याउन गरेको योगदानका लागि उनको नाम छनोट गरिएको बताए ।  (एएफपी)

प्रतिक्रिया